विपक्षी गठबन्धनबाट माधव समुह बाहिरियो

काठमाडौं, २८ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले अब विपक्षी गठबन्धनमा आफुहरु नरहेको स्पष्ट पारेका छन् ।

माधव नेपाल निकट रहेका नेता पन्तले विपक्षी गठबन्धनको बैठक सकिए लगत्तै अब गठबन्धनमा नरहने र अबको पार्टीको बाटो के भन्ने बारेमा अध्यक्ष केपी शर्मा ओली , वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालबिच छलफल गरेर अगाडी बढ्ने बताए ।

उनले नेकपा एमाले एकताबद्ध रहेको र अब राष्ट्रिय राजनितीमा एक भएर अगाडी बढ्ने बताए ।

अहिलेको अवस्थामा आफुहरु प्रमुख प्रतिपक्षी भुमिकामा रहेको उनको भनाइ थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here