कोरोना अपडेटः २४ घण्टामा २३ सय बढी संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, २८ असार । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ६८९ जनाको पीसीआर परीक्षण गराउँदा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण देखिएको छ।

यस्तै, १ हजार १३३ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ९ हजार ४०० जनाको मृत्यु भइसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here