
बागलुङ, २७ असार । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाबाट भरुवा बन्दुक सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले आईतबार घरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा निसीखोला गाउँपालिका–४ थापागाउँका ४६ बर्षिय नरबहादुर कुँवर र वडा नम्बर ३ घर भई वडा नम्बर ४ माझपाखा बस्ने दल बहादुर चन्दलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
गोठमा लुकाई छिपाई १० थान कच्चा पदार्थ र दुई भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । उहाँले बन्दुक लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले छुट्टाछुट्टै स्थानबाट दुईनाल भरुवा बन्दक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइने प्रनी वन्तले बताउनुभयो ।









