अविरल वर्षाको कारण गोठ भत्किदा ३ लाखको क्षति

बागलुङ, २७ असार । अविरल वर्षाको कारण काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा गोठ भत्किदा ३ लाख बराबरको क्षती भएको छ ।

शनिबार राती परेको अविरल वर्षको कारण काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका लिल बहादुर सार्कीको गोठ भत्किदा एक भैसीको मृत्यु भएको छ । टिनले छाएको गोठ पूर्ण रुपमा भत्किएको र दुहुनो भैसीको मृत्यु भएको ३ लाख रुपैयाँको क्षति भएको हुनसक्ने स्थानिय चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै अविरल वर्षातको पहिरो जाँदा कारण काठेखोला–२ डहरेको खानेपानीको ट्याङ्की जोखिममा परेको छ । खानेपानी ट्याङ्की मुनी पहिरो जाँदा ६१ घर परिवारले प्रयोग गर्दै आएको खानेपानी ट्याङ्की जोखिममा परेको स्थानिय कार्कीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here