कोरोना संक्रमणबाट बागलुङमा थप एक पुरुषको मृत्यु

बागलुङ, २६ असार । कोरोना भाइरसको संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ७ का ७३ बर्षिय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोना भााइरसको लक्षण देखिएपछि उनी असार २३ गते अस्पताल भर्ना भएका थिए । धौलागिरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परिक्षणमा उनको आज पोजेटिभ रिपोट्र्र आएको थियो ।

स्वासप्रस्वासमा समस्या रहेको उनको उपचारको क्रममा शनिबार विहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको फोकलसर्पन घिमिरेले जानकारी दिनुभयो ।

यससँगै बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

यस्तै बागलुङमा शनिबारसम्म कोभिड–१९ का सक्रिय संक्रमितहरुको संख्या ३२९ रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here