
बागलुङ, २६ असार । बागलुङमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ ।
तमानखोला गाउँपालिका वडा नम्बर १ की २३ बर्षिया महिलाको शुक्रबार धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कोरोना भाइरसको लक्षण देखिएपछि २३ गते एन्टिजेन परिक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको । संक्रमण पुष्टि भएपछि, बोंगादोभानमै आइसोलेशनमा राखिएकी ति युवतिलाई शुक्रबार मात्रै धौलागिरी अस्पतालमा लगिएको घिमिरेले जानाकारी दिए ।
जटिल प्रकारको कोभिड निमोनियाको समस्या रहेको उनलाई शुक्रबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएपनि ३ बजेर ४५ मिनेटमा उपचारको क्रममा निधन भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।










