अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने

काठमाडाैं, २६ असार । नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ ।

पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो । चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ ।

जहाजमा खोप भण्डार क्षमता ८ लाख रहेकाले हाल यतिमात्र ल्याइएको मन्त्रालयले जनाएको छ ।

यता अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले आउन लागेको खोप नेपाली जनताका लागि अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here