
बागलुङ, २५ असार । बागलुङको काठेखोला गाउँँपालिका–५ बिहुँ काउलेका पहिरो पीडित दश परिवारको लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा जग्गा व्यवस्थापन गरी अन्य भौतिक संरचनासँगै भुकम्प प्रतिरोधी घर निर्माण गरिएको हो । सम्पूर्ण घर तयारी अवस्थामा छन् । अहिले शौचालय र अन्य पूर्वाधार निर्माणको काम भैरहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष धनमाया दर्जीका अनुसार माथिल्लो लाईनमा छ र तल्लो लाईनमा चार गरी कुल दश वटा घर निर्माण गरिएको छ । बस्तीमा शौचालय, सडक, विजुली र खानेपानी विस्तारको काम थालिएको छ ।
एकीकृत बस्ती निर्माणमा इन्टरलक इट्टाको प्रयोग गरिएको छ । पुननिर्माण प्राधिकरणको जग्गा व्यवस्थापनको लागि प्रति परिवार दुई लाख, घर निर्माणलाई तीन लाख र भौतिक संरचना तयार गर्न प्रति परिवार चार लाख रुपियाँका दरले रकम प्राप्त भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । जग्गा व्यवस्थापनमा वडा कार्यालयले थप दुई लाख ७५ हजार रुपियाँ विभिन्न संघ संस्थाबाट रकम संकलन गरेको थियो ।
सरकारले प्रति परिवार ६ आनाका दरले जग्गा व्यस्थापन गर्न भनेको थियो । वडा कार्यालयले रकम थप गरी प्रति परिवार नौ आनाको दरले जग्गा व्यवस्थापन गरेको छ । घर निर्माण बैशाख ५ गतेसम्म सकिने उपभोक्ता समितिका अध्यक्ष दर्जीले बताउनुभयो ।
घर निर्माणको काम सकिए पनि अन्य पूर्वाधारको काम निषेधाज्ञाको कारण प्रभावित भएको अध्यक्ष दर्जीले बताउनुभयो । अझै करिव ४० लाख बराबरको संरचना निर्माणको काम बाँकी रहेको वडाध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा सम्पूण निर्माणको काम गर्ने लक्ष्य राखे पनि निषेधाज्ञा र छिटो सुरु भएको मनसुनले प्रभावित भएको उहाँको भनाई छ । निर्माण कार्यका लागि तीन महिना थप भएको हुँदा उक्त समय अवधिवमा सम्पूर्ण संचना तयार हुनेछ ।
वि.स २०७५ साल असार १२ गते राती अविरल वर्षको कारण बिहुँ काउलेका १४ परिवार विस्थापित भएका थिए । विस्थापित मध्य चार जनाको अन्यत्र घरजग्गा भएको कारण सरकारी अनुदान पाउन सकेनन । विस्थापत दश दलित परिवार अझै पनि छिमेकीको घरमा भाडा, गोठमा शरण लिएर बसेका छन ।
मध्ये पहाडी लोकमार्ग आसपासको सो वस्तीका परिवार विस्तापित भएपछि भु–गर्व विद्को टोलीले अध्ययन गरी सो वस्ती स्थातन्तरण गर्न सुझाव दिएको थियो । विगत तीन बर्षदेखि विस्थापित जीवन विताउँदै आएका विस्थापितले यो बर्खा पनि आफ्नो घरमा बस्न पाएनन् ।












