ताराखोलामा बाढीले बगाएर एक युवा बेपत्ता

बागलुङ, २३ असार । गयरातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बगाउँदा जिल्लाको ताराखोला गाउँपालिकामा एक युवा बेपत्ता भएका छन् । लेदोसहितको बाढीले बगाउँदा ताराखोला गाउँपालिका–१ हिलस्थित घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएको प्रहरी चौकी ताराखोलाका प्रमुख राजेन्द्र न्यौपानेले बताए ।

बाढीले खोला छेउमा रहेको बाख्रा फार्म बगाउन थालेपछि रातको समयमा जोगाउन फर्ममा पुगेको बेला कार्कीलाई बगाएको प्रहरी चौकी ताराखोलाका प्रमुख न्यौपानेले बताए । उहाँले बाढीले ४१ ओटा बाख्रा पनि बगाएको बताए ।

 बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ ।

बाढीसँगै खोलामा पानीको बहाब बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि बजार क्षेत्रका २५ घर परिवारलाइ रातिनै सुरक्षित स्थानमा सारिएको छ ।

स्थानिय र प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको प्रमुख न्यौपानेले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here