पहिरोले मध्यपहाडी लोकमार्ग, कालिगडकी करिडोर र बागलुङ–पोखरा सडक अवरुद्ध

बागलुङ, २२ असार । निरन्तरको वर्षातको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–घोडाबाधे खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–अक्षेते–घोडाबाधे खण्ड अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा सोमबार रातीको अविरल वर्षातको कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउनको लागि काम भइरहेको जिल्ला प्रहरी कार्याल्य बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपि) इकवाल हवारीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालका र काठेखोला गाउँपालिकाबाट बागलुङ बजार आउँदै गरेका र बजारबाट जाँदै गरेका सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

दिउँसोसम्म सडक पुनः सूचारु गर्ने तयारी भइरहेको डिएसपि हवारीले बताउनुभयो ।

यस्तै पहिरोको कारण कालीगण्डकी करिडोर अन्तरगत बागलुङ–बलेवा सडक खण्ड र बागलुङ–पोखरा सडक खण्ड समेत अवरुद्ध भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here