
बागलुङ, २४ जेठ ।
बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ताराखोलाको क्वारेन्टाइनमा रहेका ३९ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
उनी भारतदेखि फर्केर ताराखोलाको क्वारेन्टाइनमा बसिरहेका छन् ।
यससँगै बागलुङमा संक्रमणको संख्या १९ पुगेको छ ।
यसअगाडी बागलृुङ नगरपालिकामा २, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ३, बडिगाड गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन्भने अन्य १६ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा रहेका छन् ।











