संयुक्त विद्यार्थी संगठनद्वारा जिल्ला प्रशासन बागलुङमा संविधान प्रदर्शन

बागलुङ, २१ असार । सरकार विरुद्ध देशभर आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संगठनले सोमवार बागलुङमा संविधानको प्रतिलिपि प्रदर्शन गरेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर स्वयच्छाचारी ढंगले काम गरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडी संविधानको प्रदर्शन गरेको हो ।

राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा प्रतिगमन व्याप्त बनेको भन्दै पाँच विद्यार्थी संगठनले संयुक्त संघर्षको कार्यक्रम अन्तरगत प्रतिगमन र बेथितिको विरुद्ध आन्दोलन गरेको संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । वर्तमान सरकारले महँगी बढाएको, कोरोना नियन्त्रण र खोपको व्यवस्था गर्न नसकेको भ्रष्टाचार वढेको तथा जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ ।

पाँच विद्यार्थी संगठनहरुमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं रहेका छन् । वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको भन्दै उनिहरुले प्रशासन अगाडी चर्को नारावाजि गर्दे प्रर्दशन गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here