बागलुङमा एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, २२ बैशाख । बागलुङमा बुधबार एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिकाका ४८ जना, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाका १/१ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले दुई जना दुई बर्षिय बालिका सहित एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिका वडा नम्बर १ का ३३ र ५८ बर्षिया दुई जना महिला र ३५, ४५ र ६२ बर्षिय तीन जना पुरुष, वडा नम्बर २ का २, ४२, ६०, ४०, ३०, २५ र ३७ बर्षिया सात जना महिला, ६९ र २५ बर्षिय दुई जना पुरुष, वडा नम्बर ३ का २३ बर्षिय पुरुष र वडा नम्बर ४ का ४५ बर्षिय पुरुष, वडा नम्बर ६ का ६६ बर्षिया महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिका वडा नम्बर १२ का २३, ३५, ३३, ६२, १३, १३ र ५० बर्षिया सात जना महिला, ५०, ३६, ६१, ४५, ३०, ३८ र ४४ बर्षिय सात जना पुरुष, वडा नम्बर १३ का ७, ६४, ३८, २, ४०, ६३, ४९ र ४२ बर्षिया आठ जना महिला, ५०, ५७, ६७, १२, ४५, ६९, ५७ र ३४ बर्षिय आठ जना पुरुष र वडा नम्बर १४ का ३९ बर्षिय एक जना पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर ६ का २६ बर्षिया एक जना महिला र ताराखोला गाउँपालिका वडा नम्बर ३ का ३१ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here