बागलुङ, २२ चैत । नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा १७ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आईतबार भएको मनोनय दर्तामा अध्यक्षमा नरेश कंडेल र राम थापा ‘अविरल’ सहित १७ पदमा ३६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

महासंघको निर्वाचनको लागि प्रेस युनियन बागलुङ, प्रेस चौतारी बागलुङ र प्रगतिशिल पत्रकार संघले संयुक्त गठबन्धन गराएर नरेश कंडेलको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्भने प्रेस संगठन बागलुङ र प्रेस चौतारी बागलुङ (माधव खेमा)को गठबन्धनबाट राम थापा ‘अविरल’को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । कंडेल महासंघको उपाध्यक्ष र थापा सचिव हुन् ।

उपाध्यक्ष खुल्ला तर्फ थम्मन थापा र नविन शिशिर विकले उम्मेदवारी दर्ता गराएका छन्भने उपाध्यक्ष महिलामा जीवनकला खत्री र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा तारानाथ आचार्य, विजय राना र रेणु केसीले उम्मेदवारी दिनुभएको छ । यस्तै सह–सचिवमा नारायणप्रसाद रिजाल र बिमल खड्का, समावेशी सह–सचिवमा अनिष खाती र खगेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा खेमराज गौतम र सुर्यबहादुर विक, महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र वि.क., समावेशी सदस्यमा केयरसिंह राना र प्रशान्त घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सदस्य अल्पसंख्यकमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यमा अर्जुन कार्की, कृष्ण प्रसाद सापकोटा, गुमा आचार्य, छविलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र न्यूरे, बालकृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सुर्य गौतम र नविन प्रताप जिसी गरी १४ जनाको उम्मेदवारी परेको छ ।

२५ चैतमा हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा १० जना गरी १७ जनालाई निर्वाचित गर्नेछ । उम्मेद्वारउपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोध गर्न र २ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here