काठमाडौं, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपाल खेमाका नताद्धय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि पार्टीबाट निलम्बन गरेका छन् ।

आफुले सोध्न लगाएको स्पष्टीकरणको जवाफ चित्तवुझ्दो नभएको भन्दै पाण्डे र भुषाललाई ६ महिनाका लागि निलम्बन गरिएको हो । यसअघि नेपाल र उपाध्यक्ष भीम रावललाई पनि निलम्वन गरिएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठकले गत ८ चैतमा नेपालसहित चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएनन् । दोस्रोपटक स्पष्टीकरण सोधिएपछि उनीहरुले जवाफ दिएका थिए । यो जवाफ चित्त नवुझेको ओलीको भनाइ छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here