धौलागिरी जागरण दैनिकको १५ औं बार्षिकोत्सव मल्लाजमा मनाइयो

बागलुङ, २३ फागुन । बागलुङ बजारबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ ।

आदर्श संचार सहकारीद्वारा प्रकाशित हुँदै आएको धौलागिरी जारण दैनिकको १५ औं बार्षिकोत्सव समारोह आईतबार पर्वत जिल्लाको जल्जला गाउँपालिका–३ मल्लाजमा एक कार्यक्रम गरि मनाइएको छ ।

बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेललेले धौलागिरी क्षेत्रको पत्रकारिताले थुप्रै चुनौती पार गरेर यहाँसम्म आएको बताउनुभयो । उहाँले प्रेस र संचार जगत धेरै नै प्रतिष्ठित पेसा भएको बताउँदै यहाँ थुप्रै चुनौती र सम्भावना रहेको बताउनुभयो ।

 

महासचिव पौडेलले पत्रकारिता क्षेत्रमा लागेर नामका लागि जटिल हिसावले यसबाट आर्थिकोपार्जन गर्ने र परिवारमा पारिवारिक हिसाव र आर्थिक हिसावले आफ्नो कायापलट गर्न सक्ने अवस्था नरहेकोता पनि यो क्षेत्रमा निरन्तर रुपमा पत्रकारहरु लागि रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्र सामाजिक सेवामा जोडिएको र जनतालाई सुसुचित गर्ने महत्वपूर्ण अभिभारा पत्रकारमा भएकोले त्यो अभिभाराले हामीलाई सधै घचचाइ रहेको हुनाले निरन्तर रुपमा लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा, प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती, मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारीलेले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीले निकै कठीन अवस्थाबाट शुरु गरिएको सञ्चार माध्यममा समय सापेक्ष नागरिकको आवश्यकता र अपेक्षा अनुसार थप गर्दै अब प्रादेशिक स्तरमै पुग्ने बताउनुभयो । धौलागिरीका चारै जिल्ला र गण्डकी प्रदेशका नागरिक समक्ष पत्रकारिता मार्फत पुग्न आदर्श सञ्चारले धौलागिरी जागरण दैनिकका साथै अग्रसर साप्ताहिक र पछिल्लो समय आदर्श सञ्चार अनलाइन सञ्चालनमा ल्याएको उहाँको भनाई थियो ।

वार्षिकोत्सव समारोह पत्रिकाका प्रकाशक संस्था आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काकोे स्वागत मन्तव्य र पत्रिकाका कार्यकारी सम्पादक दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here