एक किशोरबाट एकै दिन चार बालिका बलात्कृत !

काठमाडाैं, १४ फागुन । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए । तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो । उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए ।

‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधे अनि पालैपालो बलात्कार गरेछन्’, एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ । ‘निकृष्ट एवं जघन्य अपराध भएको छ, पीडितलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ’, एक अभिभावकले भने ।

प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनालाई बालविज्ज्याईअन्र्तगत राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनले भने, ‘घटना प्रमाणित भए पीडकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा यादव आचार्यले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here