बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको साग्दी सामुदायिक स्वास्थ्य इकाई । –तस्विरः जननिगरानी

बागलुङ, २६ माघ । बागलुङको बरेङ गाउँपालिकाले प्रत्येक आधा घण्टाको दुरीमा नागरिकलाई आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न थालेको छ ।

जनघनत्व बढी भएको तर स्वास्थ्य सेवाको पहुँच नभएको वडाको ठाउँ ठाउँमा आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्दै सामुदायिक स्वास्थ्य इकाई थप गरेर स्वास्थ्य सेवालाई पहुँच योग्य बनाएको हो ।

प्रत्येक वडामा नेपाल सरकारले विगतमा स्थापना गरेको स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य सेवा लिन नागरिकलाई दिनभर हिड्नु पर्ने बाध्यता भए पछि चार वटा वडामा पाँच वटा स्वास्थ्य इकाई थप गरेर स्वास्थ्य सेवा विस्तार गरेका स्वास्थ्य शाखा प्रमुख पदम पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा–१ धुल्लुबाँस्कोटको लुगरुङ र गंडेल, वडा– २ हुग्दिसिरको बराहकोट, वडा–३ बाटाकाचौरको साग्दी, वडा–४ सल्यानको थप्लुङ्गमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरेको छ । प्रत्येक स्वास्थ्य इकाईमा एक जना अनमी र एक जना अहेवको दरबन्दी कायम गरी जनशक्ति व्यवस्थापन गरेको शाखा प्रमुख पुनको भनाई छ ।

नागरिकलाई सुलभ स्वास्थ्य सेवा पहुँच योग्य बनाउन गाउँपालिकाले आन्तरिक स्रोतबाट औषधी तथा जनशक्ति व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । स्वास्थ्यकर्मीको तलब भत्ता व्यवस्थापको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रत्येक स्वास्थ्यकर्मीलाई २० हजार रुपियाँको दरले तलब उपलब्ध गराउँदा १३ महिनाको तलवसहित २६ लाख रुपियाँ खर्च हुन आउँछ । बाँकी रकम पालिकाले नै व्यवस्थापन गर्नेछ । स्वास्थ्य इकाईमा आवश्यक पर्ने औषधी खरिदको लागि पालिकाले आठ लाख रुपियाँ विनियोजन गरेको पुनको भनाई छ ।

न्युनतम असी घरधुरी वा आठ सय जनसंख्या भएको क्षेत्रमा एक वटा स्वास्थ्य इकाई थप गर्ने कार्यविधि गाउँपालिकाले तयार गरेको छ । वडा नम्बर पाँचमा इकाई थप गर्न जनसंख्याको मात्र पुगेको छैन । त्यहाँको भौगोलिक अवस्था र जनताको सुविधालाई ध्यानमा राखेर सेवा विस्तारको प्रक्रिया थालिएको स्वास्थ्य शाखा प्रमुख पुनको भनाई छ ।

‘जति सक्दो सुविधालाई गाउँ गाउँमा पु¥याउने लक्ष्य राखेका छौँ’ गाउँपालिका प्रमुख शर्माले भन्नुभयो–‘जनता सेवानै गाउँ पालिकाको प्रमुख लक्ष्य हो ।’ सामान्य सिटामोल खाना समेत घण्टौँ हिड्न् पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले सेवा विस्तार गरेको उहाँको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here