बागलुङमा बन्दकर्ताले मोटरसाइकलको चापि खोसेपछि चालकले थर्काए… (हेर्नुहोस् भिडियो)

बागलुङ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समुहले बिहिबार आयोजना गरेको आम हडतालको प्रभाव बिहानैदेखि बागलुङमा पनि परेको छ ।

बागलुङ बजार बन्द गराउँन विहानैदेखि नेकपा (प्रचण्ड–नेपाल) समुहका नेता कार्यकर्ताहरु सडकमा हिडिरहेका छन् । उनीहरुले पसललाई बन्द गर्न अनुरोध गर्दै फाट्टफुट्ट रुपमा निस्किएका मोटरसाईकलको चापी खोसि दिएका थिए ।

बन्दकर्ताहरुले मोटरसाइकलको चापि खोस्दै चलाउन नदिँदा पनि प्रहरी भने मुकदर्शक बनिरहेको छ ।

बागलुङ नगरपालिका–२ हल्लनचोकमा बसेका बन्दकर्ताले मोटरसाइकलको चापि खोस्दै संचालनमा रोकावट गरेपछि चालकहरुले बन्दको विरोध गरेपनि प्रहरीले एक आखर पनि बन्दकर्ताहरुलाई त्यसो नगर्न आग्रह समेत नगरेको चालकहरुले बताएका छन् ।

बानपा–२ हल्लनचोकमा विहान एक मोटरसाइकललाई रोकेर बन्दकर्ताहरुले चापि खोस्न खोज्दै बाइकमा आगो लगाइदिन्छौं भनेपछि मोटरसाइकल चालक सुमन बोहोराले त्यसको  प्रतिकार गरेका छन् ।

नेकपा बागलुङका युवा नेताहरु जीवन शर्मा, रेशम थापा, सन्दिप दर्लामीहरुको समुहले मोटरसाइकललाई रोकेर बन्दको दिन किन संचालन गरेको भन्दै चापि खोस्न खोजेपछि चालक बोहोराले उनीहरुलाई खुल्ला रुपमा बाइकलाई जलाउनु अगाडी आफुलाई आगो लगाउन चेतावनी दिएको प्रत्यक्षदर्शीले बताए ।

आफ्नो भाइलाई काम विशेषले छोड्न हिडेका चालक बोहोरालाई बन्दकर्ताहरुले बाइकको चापि खोस्न खोजेपछि उनले त्यसको प्रतिकार गरेर चापि फिर्ता लिएपछि हतारको कारण भाइलाई छोड्न गएका उनी केहि समयमा पुनः आक्रोशित मुद्रामा आएर उनीहरुलाई काम गरेर खान र नेपाल बनाउनको लागि बन्द नगरि काम गर्नुपर्ने बताए । बोहोराले बन्दकर्ताहरुलाई खुल्ला रुपै आफ्नो बाइक जलाउन चाहनेहरु चापि बाइकमै राखिदिने र जलाउन चेतावनी दिएका थिए । उनले बन्दको विरोधमा आफ्नो पक्षमा कस कसले साथ दिन्छ भनेर प्रत्यक्षदर्शीहरुलाई सोधेका समेत थिए ।

‘तेरा बाउको सम्पत्ति हो यो सलाई लगाउनलाई,’ बोहोराले आक्रोशित रुपमा भने–‘सरकारलाई कर तिरेर ल्याएको छु । जलाउने धम्की दिन्छस् ।’

बोहोराले बन्दकर्ताहरुले आफ्नो बाइकको चापि खोसेको र आगो लगाइदिने धम्की दिएको बताइरहँदा प्रहरीले त्यहि बसिरहेका बन्दकर्ताहरुलाई केहि नभनि चालक बोहोरालाई विवाद नगरि बाइक चलाउन आग्रह गरेका थिए ।

भिडियो

भिडियो साभार सावित्रा खड्काको फेसबुकबाट ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here