
बागलुङ, ६ मंसिर । बागलुङ बजारस्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री वितरण गरिएको छ ।
भीमापोखरा कल्याण समाज बागलुङको प्रथम बार्षिकोत्सवको अवसरमा मंगलबार खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष टिका बहादुर कार्की, विशिष्ट सदस्य रघुनाथ गौतम उपाध्याय, सचिव डिल्लीराज उपाध्याय र कोषाध्यक्ष राजु गौतम लगायतले आश्रमलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए । अध्यक्ष कार्कीले ६ हजार ६ सय रुपैयाँ लागतमा दाल, चामल, तेल, नुन, भुजा, दालमोट लगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको बताए ।
अध्यक्ष कार्कीले समाजमा आवद्ध सदस्यहरुले स्वस्फुर्त रुपमा आर्थिक संकलन गरि आश्रमलाई सहयोग वितरण गरिएको बताए । उक्त कार्यक्रममा संस्थाका विशिष्ट सदस्य रघुनाथ उपाध्याय गौतमलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव डिल्ली राज उपाध्यायले गरेका थिए ।