बागलुङ, १८ पुस । बागलुङ जिल्लाको सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको छैठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीको साधारणसभाको उद्घाटन पछि बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले कृषि सहकारीहरुले कृषकको आर्थिक विकासको लागि सहयोगी भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले कृषि सहकारीहरुले कृषि क्षेत्रमा लगानी गरि कृषकहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष गौतमले जिल्लाका कृषि सहकारीहरु मध्य उकृष्ट काम गर्नेमा सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी पनि रहेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य नर बहादुर थापा, सहकारीका संस्थापक अध्यक्ष मणिभद्र शर्मा, सल्लाहकार महादेव सापकोटा र शेयर सदस्य रिता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहकारीका सचिव रमेश पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जगन्नाथ सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । लेखा समिति सदस्य सोविता केसीले कार्यक्रममा लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीले यस वर्षको कृषि पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका गण्डकी प्रदेश व्यूरो संयोजक चन्द्रप्रकाश शर्मा ‘गणेश’लाई प्रदान गरेको छ । यस्तै अशल कृषक विधा तर्फ गोविन्द सुवेदी, जेष्ठ शेयर सदस्य चन्द्रकली विक र संस्था प्रति चासोमा जगन्नाथ सापकोटालाई सम्मानित गरिएको छ ।

सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कारोबार गर्ने चल्ती बचत तर्फ नारायण शर्मा, मासिक बचत तर्फ कोपिला सापकोटा, मुद्धती बचत तर्फ कोपिला क्षेत्रीलाई प्रशंसा पत्र प्रदान गरेको छभने असल ऋणि तर्फ चुडामणि आचार्यलाई र उत्कृष्ट कर्मचारीबाट सरिता गौतमलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

सहकारीका अध्यक्ष चुडामणि उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत उपाध्यक्ष रिता थापा र संचालन सचिव रमेश पौडेलले गर्नुभएको थियो । सहकारीले यस वर्ष एकाइगत बार्षिक साधारणसभा अन्तरगत शुक्रबार काठेखोला गाउँपालिका–२ भीमापोखरा र बागलुङ नगरपालिका–७ तितौरेमा सम्पन्न गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here