
एजेन्सी । विश्वमा धेरै कम्पनीले विभिन्न आकारमा कार बनाएका छन् ।
कारहरु विश्व बजारमा आफ्नै प्रकारको छाप छोडेको छ । तर संसारमा एउटा यस्तो पनि मानिस छ जसले विश्वकै सबैभन्दा लामो कार बनाएका छन् ।
क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा लामो कार बनाएका हुन् । यो मेहनत साथ बनाएको कारकै कारण उनी विश्वभर चर्चामा छन् ।
उनले बनाएको कारको लम्बाई ११० फिट रहेको छ। यो कारको नाम उनले द अमेरिकन ड्रिम राखेका छन् ।
२४ टायर रहेको यो कारको पछाडिको भागमा हेलिकप्टर समेत राख्न मिल्छ । कारलाई आरामदायी बनाउन कार भित्र एसी जडान गरिएको छ ।