लक्षण देखिएपछि अस्पताल पुगेका दुई जना महिलालाई कोरोना संक्रमण पुष्टि

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, ८ मंसिर । बागलुङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आज (सोमबार) बागलुङ नगरपालिका वडा नम्बर २ की २५ बर्षिया महिला र वडा नम्बर ३ की ४३ बर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोनाको लक्षण देखिएपछि धौलागिरी अस्पताल पुगेका दुवै जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

उनीहरुलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here