बागलुङ, ६ मंसिर । बागलुङका एक जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी सहित थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शनिबार बागलुङ नगरपालिका–२ का २६ र २० बर्षिय दुई जना पुरुष र २० बर्षिया एक जना महिला र वडा नम्बर ३ का ६४ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फेकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले संक्रमितहरु मध्य एक जना महिला धौलागिरी अस्पतालकी नर्स र एक जना पुरुष बागलुङ बजारमा रहेको बैंकको कर्मचारी रहेको बताउनुभयो ।

उहाँले बागलुङमा कोरोना संक्रमितको संख्या ८ सय २ पुगेको बताउनुभयो । त्यसमध्य ६ सय ६६ जना निको भएका छन्भने ८ जनाको मृत्यु भएको छ ।

बागलुङमा १ सय २७ जना एक्टिभ संक्रमितहरु रहेका छन् । जसमध्य १ सय २ जना होम आइसोलेसन र २५ जना अस्पताल र स्थानिय तहको आइसोलेसनमा रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here