बागलुङ, ४ मंसिर । बागलुङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा आज (बिहिबार) बागलुङ नगरपालिकाका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगरपालिका वडा नम्बर १ का ४८, ६४ बर्षिय दुई जना पुरुष र ३१, ३१ बर्षिया दुई जना महिला, वडा नम्बर २ का २३ र ५८ बर्षिय दुई जना पुरुष र २४ बर्षिया एक जना महिला, वडा नम्बर ३ का २८ बर्षिय एक जना पुरुष, वडा नम्बर ७ का ४५ बर्षिय एक जना पुरुष र वडा नम्बर १० का ४१ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

बागलुङमा संक्रमितको संख्या ७ सय ८६ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here