बागलुङ, २ मंसिर । बागलुङको धौलागिरी अस्पतालमा शरिर जोडिएका दुई शिशुको जन्म भएको छ ।

पर्वतको फलेवास नगरपालिका–२ की २८ बर्षिय अनिता विकले मंगलबार विहान धौलागिरी अस्पताल बागलुङमा शरिर जोडिएको दुई बच्चालाई जन्म दिएकी हुन् । पर्वत अस्पतालबाट विहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले विहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी दिनुभयो ।

उहाँले शिशुहरु जन्मदै मृत्त भएपनि आमाको अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले भिडियो एक्सरे र रगत जाँच केहि नगरीएकोले शरिर जोडिएका दुई बच्चा रहेको पहिले थाहा नभएको बताउनुभयो । ‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेन्छ,’ भट्टराईले भन्नुभयो–‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उहाँले दिउँसो अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनु भयो ।’Z

उहाँले नर्मल सुत्केरी भएपनि यो घटना धेरै जोखिमपूर्ण रहेको बताउनुभयो । ‘ यस्तो गर्भवतीको भिडियो परिक्षण गरि अपरेसनबाट डेलिभरी गराउनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो–‘रिफर भएको भएकाले हामीले नर्मल डेलिभरी गरायौं । शिशुहरु मृत्त जन्मिएपनि आमालाई केहि भएन यसमा धेरै खुसी छौं ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here