सुवास आचार्य
बागलुङ, ३० कार्तिक । कुनै बेला मनोरञ्जनको महत्वपूर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडीसम्म दशै तथा तिहारमा बालबालिका देखी युवा युवतीतले मनोरञ्जनको रुपमा लिने चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको कारण लोप हुन थालेको हो ।

युवा पुस्ताको रोजाईमा पर्न नसक्दा पछिल्ला वर्षहरुमा चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ । एक दशक अघि सम्म दसैं–तिहार लगायतका चाडपर्व आएको संकेत गर्ने चंगा उडाउने परम्परा विस्तारै लोप हँुदै गएको छ ।

पहिलेको जस्तो चंगा उडाउने ठाउँ पनि प्रयाप्त नभएकाले उतिबेलाका घरहरूको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो भएपनि खुल्ला स्थान अभाव र शहरीकरणका कारण चंगा उडाउने संस्कृति हराउै जान थालेको संकल्प फाउण्डेशनका सदस्य एवं पत्रकार प्रकट कुमार शिरिले बताए ।

विश्वमा धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भएपनि नेपालमा भने चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ ।

अहिलकोे युवा आफ्नो संस्कति बचाउन भन्दा पनि खाली घुम्ने र खानैमा रमाइलो मान्छन् । दसैंमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दै छ । अहिलेका बालबालिकाको मोबाइल, कम्प्युटर, ल्यापटप लगायतका मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आर्कषण घटेको धेरैको बुझाई छ । पहिले पहिले शहर बजारमा किराना पसल देखी तरकारी पसलसम्म पाइने चंगा अहिले आएर बजारमै केही सिमीत पसलमा मात्र भेटिने गरेको छ । अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै अवस्था आईसकेको छ ।

लोप हुन थालेको सस्ंकति जगेर्ना गर्ने उद्देश्यले बागलुङमा करिव दुई दशक पछि चङ्गा चैट प्रतियोगिता आयोजना गरिएको छ । नेपालीहरुको दोश्रो ठुलो चार्ड वर्प तिहारको उपलक्षमा बागलुङ जेसिज र संकल्प फाउण्डेशनको संयुक्त आयोजनामा चङ्गा चैट प्रतियोगिता आयोजना गरिएको छ । प्रभु वैकको प्रयोजनमा भएको प्रतियोगितामा प्रथम हुनेले ८ हजार, द्धितिय हुनेले ४ हजार रसान्त्वना हुने २ जनाले २÷२ हजार नगद प्राप्त गरेका छन् । बागलुङको धौलागिरी बहुमुखि क्याप्पसको प्रङगणमा आयोजित चंगा चेट प्रतियोगितामा उमेश राजभण्डारी च्याम्पियन भएका छन् । प्रतियोगितामा राजभण्डारीले अर्का प्रतिस्पर्धी एकराज शर्मालाई दोस्रोमा सिमित गरिदिएका थिए । प्रतियोगितामा विकास ठकुरी र जित काउचा सान्त्वना भएका थिए ।

संस्कृति जर्गेना गर्न र कोरोना महामारीको कारण घरमै बस्न बाध्य भएका युवा पुस्तामा पनोरञ्जन प्र्रदान गर्न कार्यक्र आयोजना गरेको बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले बताए ।

नेपाली हरुको महान पर्व दशैँ र तिहारको अवसरमा चंगा खेल्ने देशको संस्कृति लोप हुँदै गएकोमा यस्तो खालको कार्यक्रमले संस्कृति संरक्षणमा ठुलो टेवा पुग्ने बागलुङ जेसिजका पुर्व अध्यक्ष दिवाकर शाक्यले वताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here