बागलुङमा दुई जना संक्रमित सम्पर्क विहिन

बागलुङ, ६ कार्तिक । बागलुङमा बिहिबार थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा आज गरिएको पिसिआर परीक्षणमा बागलुङका ९ जनालाई संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१ की ६० बर्षिया महिला, वडा नम्बर २ का ३० बर्षिय पुरुष, निसीखोला गाउँपालिका–२ का ४६ बर्षिय एक जना पुरुष, बागलुङ नगरपालिकाका ३६ बर्षिय, ३१ बर्षिय, २८ बर्षिय र ३९ बर्षिय चार जना पुरुष र २४ बर्षिया, ३० बर्षिया र २८ बर्षिय तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितहरु मध्य निसीखोलाकी ४६ बर्षिया महिला थुनुवा, ३० बर्षिया महिला प्रहरी, २८ बर्षिया महिला बैंकको कर्मचारी, ३९ बर्षिय पुरुष धौलागिरी अस्पतालका कर्मचारी, ३१ बर्षिय पुरुष बागलुङ बजारको औषधि पसलका स्वास्थ्यकर्मी, बानपा–२ का ३० बर्षिय पुरुष प्रहरी र बानपा–१ की ६० बर्षिया महिला स्थानिय रहेको बागलुङ नगरपालिका नगरस्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट लक्ष्मण ढकालले बताउनुभयो । उहाँले ३६ बर्षिय पुरुष र २४ बर्षिय महिला अझै सम्पर्क विहिन रहेको बताउनुभयो । ‘दुवै जनाको धौलागिरी अस्पतालले स्वाब संकलन गरेको हो’ नगरपालिकाका हेल्थ असिस्टेन्ट ढकालले भन्नुभयो–‘अस्पताललाई बुझ्दा खोजी भइरहेको बताएपनि उनीहरु अझै सम्पर्क विहिन रहेका छन् ।’

यता धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले उनीहरुको खोजी भइरहेको बताउनुभयो । उहाँले अस्पतालका विरामी बाहेक बाहिरबाट लक्षण देखिएका आएपनि स्वाब संकलन गर्ने गरिएको बताउँदै उनीहरु बाहिरको हुन सक्ने जानकारी दिनुभयो । डा. पोखरेलले अस्पतालले उनीहरुको खोजी गरिरहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here