जनप्रतिनिधि सहकारीका कर्मचारी सहित बागलुङमा २० जनालाई कोरोना पुष्टि

बागलुङ, ३ कार्तिक । बागलुङमा जनप्रतिनिधि, नेपाल आर्मी, प्रहरी र सहकारीका कर्मचारी सहित थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा सोमबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–५ मा रहेको अर्जुनवाण गण घोडाबाँधेका ३६, ३७, ३४, ३४, ३५, ३६, ३१, २४, २३, २१, ३८ का ११ जना नेपाली सेनाका सैनिक, जिल्ला प्रहरी कार्यालय बागलुङका ३३ बर्षिय एक जना प्रहरी, बागलुङ नगरपालिका–२ का ३६, २६, १७ वर्षका तीन जना पुरुष र ४७, १२ र ३५ वषका तीन जना महिला, एक जना पुरुष, बानपा–१० का ३७ बर्षका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरु मध्य एक जना जनप्रतिनिधि, एक जना बागलुङ बजारमा रहेको सहकारीका कर्मचारी, एक जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका व्यक्ति र अन्य संक्रमितहरुको कन्ट्याक टे«सिङमा परेकाहरु रहेको फोकल पर्सन घिमिरेले बताउनुभयो ।

संक्रमितहरुम मध्य जनप्रतिनिधि महिला कोरोना संक्रमणको लक्षण देखिएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना भइ पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको होभने बानपा–१० का ३७ बर्षिय पुरुष भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको फोकल पर्सन घिमिरले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here