कोरोना संक्रमण नियन्त्रणबाहिर

काठमाडौं, २४ असोज । सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन् ।

कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ ।

यसै मेलोमा दुई पार्टीका संस्थापन पक्षधर र संस्थापन इतरका नेताहरूबीच पदीय भागबन्डा र आन्तरिक किचलो बढिरहेको छ ।

केन्द्रीय सत्ता सञ्चालन गरिरहेको नेकपाको वर्चस्व प्रदेश र स्थानीय तहको सत्तामा पनि छ। ६ वटा प्रदेश सरकार र चार सय दुई स्थानीय तह नेकपाले हाँकिरहेको छ । तीन तहमा सत्ताको नेतृत्व गरेको नेकपाका नेताहरू भने आन्तरिक कलहमा रुमलिएका छन् ।

ठूलो संख्यामा संगठित कार्यकर्ता भएका यी पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन् । यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्ध सन्देश प्रचारप्रसार गर्न सकेनन् । निर्वाचनका बेला सबै दलले राष्ट्रिय मिडियामा ज्याकेट विज्ञापन दिने, विभिन्न सामग्री बनाएर डिजिटल माध्यमबाट प्रचार गर्ने, टिसर्ट बनाउने, ब्यानर–तुल टाँग्नेजस्ता कार्य गरेर सर्वसाधारणलाई आफ्नो पक्षमा मतदान गर्न प्रेरित गरेका थिए ।

तर अहिले कोरोना संक्रमणका लागि त्यस्ता प्रचार र सन्देशमूलक सामग्री आवश्यक पर्ने भए पनि राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन् ।

राजनीतिक दलहरूले भूकम्प, महामारीजस्ता विपत्तिमा जनतासामु पुगेर मन जित्ने कोसिस गर्नुपर्छ । २०७२ सालको भूकम्पमा भने तत्कालीन एमाले, माओवादी र कांग्रेस तीनवटै दलका नेता–कार्यकर्ता उद्धार र राहतमा खटिएका थिए। दलका नेता–कार्यकर्ता त्यस बेला जनताको घरदैलोमै गएर उद्धार र राहतमा खटिएका दर्जनौं उदाहरण छन् ।

बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिमा पनि राजनीतिक दलका नेता–कार्यकर्ता खटिएका थिए । तर कोरोना महामारीमा भने दलका नेता–कार्यकर्ता जनताका बीचमा जान सकेनन् । बरु नेकपाको आन्तरिक विवाद चर्कंदै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता ढल्छ कि भनेर नेता–कार्यकर्ता सडकमा उत्रिए ।

ठूलो संख्यामा संगठित कार्यकर्ता भएका पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन् ।

सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्धको सन्देश प्रचारप्रसार गर्न सकेनन् । राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here