बागलुङका एक सहित गण्डकी प्रदेशमा ११ जनालाई कोरोना पुष्टि

बागलुङ, ६ असोज । बागलुङ जिल्लाका एक जना सहित गण्डकी प्रदेशमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाले मंगलबार दिउँसो १२ बजे प्रेस विज्ञप्ती प्रकाशित गर्दै बागलुङ जिल्लाको बरेङ गाउँपालिकाका एक जना १९ बर्षिय पुरुष सहित गण्डकी प्रदेशमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तीमा क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा लम्जुङ जिल्लाका ६ जना र तनहुँ जिल्लाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको छ ।

संक्रमितहरु मध्य बागलुङको बरेङ गाउँपालिकाका १९ बर्षिय पुरुष सहित लम्जुङ जिल्ला बेसिशहर–९ का २८ बर्षिय पुरुष, ४ का ३० बर्षिय पुरुषर तनहुँका चारै जना गरि ७ जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुनभने अन्य कन्ट्याक टे«बाट पहिचान भएका हुन् ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here