अवरुद्ध मध्यपहाडी लोकमार्ग १५ घण्टा पछि खुल्यो

कमल पौडेल
बागलुङ, ६ असोज । बागलुङको बडिगाड गाउँपालिका २, राक्सेमा सोमबार राती अविरल वर्षसहित आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग १५ घण्टा पछि खुलेको छ ।

मंगलबार विहानैदेखि स्काभेटरको प्रयोग गरेर एकतर्फी सडक खुलाइएको बडिगाड गाउँपालिका–२ का वडाअध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो ।

यस्तै पहिरोको कारण मध्यपहाडी लोकमार्गको छेउमा रहेका ४ घरमा क्षति पुगेको छ ।

पहिरोले दुर्गा अर्याल, जित बहादुर वि।क।, धन बहादुर धर्ति र धन बहादुर थापाको घर क्षति गरेको हो । घर क्षति भएसंगै ४ परिवार नै विस्थापित भएका छन् । सल्लेरीको जंगलमा गएको पहिरो विचमै थुनिएर पानिसहित खसेपछि सो क्षति भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । विस्थापित परिवार छिमेकिको घरमा आश्रय लिइरहेका छन् ।

पहिरो र बाढिले पोल सहित तार पनि बगाएकोले स्थानिय लघुजल विद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकि सहित बगाएकोले खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here