– विष्णु पौडेल
आदी युग देखी त्यो सुर्यको कथा, किन उही दोहोरीन्छ ?
उ परीवर्तन चाहदैन
उ सिक्दैन दुनियावाट
नाथे म वाट उ के सिकोस
उसका सपना त्यति ठुला छैनन्
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

उसले हेर्नुपर्ने सायद अनेक पृथ्वीहरु होलान ??
उ वताउन चाहदैन
मेरो के जिम्मेवारी छ
नाथे मेरो कथा उसलाई के सुनाउ
मेरा थूप्रै पृथ्वी छन् स–साना
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

उसले सायद वच्चमा मलाई धेरै सम्झ्यायो
उ अहिले म संग वोल्दैन्
तर मलाई उसले भनेको याद छ
नाथे मेरो कुरा उसलाई याद छैन होला
किनकी उसका धेरै म छन्होला
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

मेरा प्रश्न र उसका उत्तरका फेहरीस्तको सुची
पक्कै उसले भुल्यो होला
उसलाई डौडाहको हतार छ
म चिर निद्रामा लिन
मेरा छोटा पटके अभिलाषाको
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

उ वन्धनमा छ सायद ठुलै परीवन्धनमा
उ खोल्न चाहदैन्
रहस्यको ढोका त्यो
उसको वोलि डुविरहेछ
म कुर्लिरहेछु निर्लज्ज
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

उ लाटो छ तर निकै घुसघुसे मैले जानेको
उ सेंख झार्नमा मांहीर छ
हजारौ सितको
म रमीते वनेको छु
मेरा स्खलित सपनाको
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

मैले मानेको सायद उ वदला लिदैन् दुनियाको
त्यसैले उसमा चमक छ
त्यसैले उसमा यौवनता छ
आदि देखी अनन्त सम्मको
तर म रुपान्त्रीत भैरहन्छु
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

मैले नाप्न नखोजेको पनी होइन ति खाडल
उसको र मेरा निदारका
मैले नाप्न नखोजेको पनि होइन्
उसको र मेरो उचाई
तर उसको झुल्क्याइृले मेरो उचाई घट्यो
सुर्य हरेक दिन उही झुल्कीन्छ, तर म किन फरक ?

कांठेखोला गा.पा.–२ , वागलुङ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here