४५ दिन पछि कोरोना जित्ने मोहत्तरीका मजदुर उमेश साह । तस्विर: नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, ४ असोज । मोहत्तरीको औरही नगरपालिका–८ का ३० बर्षिय उमेश साह दैनिक ज्याला मजदुरी गरी ९ जनाको परिवारलाई लालन–पालन गर्दै आउनुभएको थियो ।

पढाई लेखाई नभएको कारण उहाँ १५-१६ वर्षकै उमेरदेखि अनौपचरिक तथा असंगठित क्षेत्र निर्माण क्षेत्रमा मजदुरी गर्न थाल्नुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकनाथमका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषण गरे लगतै उहाँले दैनिक रोजी रोटी गुमाउनु प¥यो ।

रोजगारी गुमे पछि साहको परिवारलाई दैनिकी चलाउन समेत मुस्किल भयो । लकडाउनको चार महिने अवधि जेत–तेन कटाए पनि साह परिवारमा खाद्यन्न संकट सृजना भए पछि उहाँ साउन ११ गते रोजागरीको क्रममा धौलागिरी अस्पताल बागलुङको निर्माणधित ‘सि ब्लक’ मा मजदुरको रुपमा आउनुभयो । बाहिरी जिल्लाबाट कामदारको रुपमा आए पछि

अस्पतालले कोरोना परीक्षण गर्दा उहाँ लगायतसँगै आएका १३ मजदुरलाई कोरोना संक्रमण पुष्टिभयो । साउन १७ गते संक्रमण पुष्टि पछि सबैलाई आईसोलसनमा राखेर उपचार सुरु गरियो । सँगै आइसोलेसन भर्ना भएका साथीहरु दुई हप्तामा निको भए पनि साहको आईसोलेन ४५ दिन लम्बियो । छैठौ पटकको स्वाव परीक्षण पछि मात्रा उहाँ असोज १ गते डिस्चार्ज हुनु भएको थियो ।

परिवारको खाद्यन्न संकट टार्न गृह जिल्ला छोडेर बागलुङ आउनुभएका साहलाई कोरोनाले पीडामाथि पीडा थप्यो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘जिल्ला छोड्दा न काम पाएँ, न कोरोनाबाट बच्न सकें ।’ बागलुङका अधिकांस संक्रमितले छिटोमा तीन दिनदेखि अधिकतम ३ हप्तामा निको भएर घर फर्केका छन ।

‘खै के कारण हो मेरो आइसोलेन बसाइँ धेरै लामो भयो’ उहाँले भन्नुभयो–‘चार महिनाकी छोरी सम्झिदाँ धेरै पीडित हुन्थ्यो । साहले आइसोलेनको बसाइँ पीडादायिक भन्दा पनि तनावपूर्ण हुने बताउनुभयो ।

‘कोरोनाको कुनै लक्षण नभएको हुँदा शारीरिक पीडा भएन’ उहाँले भन्नुभयो–‘मानसिक तनाव धेरैभयो, बलियो आत्मबल र धैर्यता नैले निको भएको हुँ ।’ नियमित शारीरिक अभ्यास, लसुन, बेसारसहितको तातो पानी सेवन गरेको साहको भनाई छ । आइसोलेनमा तनाव व्यवस्थापनको अभ्यासन सिकाउने सके संक्रमितलाई सहज हुने साहको सल्लाह छ ।

कोरोना जिते पछि उहाँ निर्माणधिन अस्पतालकै छुट्टै कक्षमा बस्दै आउनुभएको छ । निको भएको दश दिन पछि पुनः काम सुरु गर्ने उहाँले बताउनुभयो । हिड्डुल तथा समुहमा भेला हुँदा विशेष सतर्कता अपनाउन साहको आग्रह छ ।

‘कमाउन निस्केको मान्छे संक्रमित हुँदा परिवारलाई पीडा हुन्छ’’उहाँले भन्नुभयो–‘कडा लकडाउन छैन भन्दैमा बानी व्यवहारमा सुधार नपाए धेरै दुःख पाउन सकिन्छ । स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्नुपर्ने साहले बताउनुभयो । आइसोलेनमा बस्दा अस्पतालले दैनिक खाना खाजा दिए पछि बाहिर निस्के पछि खानाको समस्या रहेको उहाँले गुनासो गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here