विनामारेमा पहिरोमा बेपत्ता भएकी महिलाको शब भेटियो

फाइल फोटो

बागलुङ, २८ भदौ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ५ विनामारेमा पहिरोमा बेपत्ता भएकी एक महिलाको शब भेटिएको छ ।

आईतबार विहान अविरल वर्षापछि घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएकी विनामारेकी ७४ बर्षिया जालपादेवि पौडेल पौडेलको शब भेटिएको वडाअध्यक्ष गोपाल प्रसाद शर्माले जानकारी दिनुभयो । विहान ६ बजे पहिरोले घर पुरिदा बेपत्ता हुनुभएकी पौडेलको शब विहान साढे १० बजे स्थानिय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले पहिरोबाट निकालेका हुन् ।

पहिरोले घर र गोठ पुरिदा पौडेलका छोरा लिकण्ठ पौडेल र शान्ती पौडेल घाईते भएका छन् । उनीअरुको अवस्था सामान्य रहेको वडाअध्यक्ष शर्माले बताउनुभयो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here