
बागलुङ, २८ भदौ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मिसेरा टुनिवटमा पहिरोमा पुरिएर आईतबार बिहान एक वृद्धाको मृत्यु भएको छ ।
विहान वर्षातपछि घरमाथीबाट आएको पहिरोले घर पुर्दा ६३ बर्षिय लक्ष्मीदेवी उपाध्यायको मृत्यु भएको जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले जानकारी दिनुभयो ।
पहिरोले घर पुर्दा दुई जना घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको उपमेयर रानाले बताए । पहिरोले तीन घरमा पूर्ण रुपमा क्ष्ति पु¥याएको छभने चार घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
त्यस्तै वडा न. ५ बिनामारेमा एक जेष्ठ नागरिक बेपत्ता हुनु भएको छ । घरमाथीबाट खसेको पहिरोमा परि ७४ वर्षीया जालपा पौडेल बेपत्ता हुनु भएको छ । उहाँको अहिले खोजी तथा उद्धार भईरहेको छ ।
पहिरोमा निलकण्ठ पौडेल र शान्ती पौडेललाई सामान्य चोट लागेको वडा अध्यक्ष गोपाल प्रसाद शर्मा जानकारी दिनु भयो ।










