
बागलुङ, २० भदौ ।
बागलुङमा एक जना प्रहरी सहित बागलुङमा आज थप तीन जनालाई कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा जिल्ला प्रहरी कार्यालय बागलुङका एक जना २९ बर्षिय पुरुष, तमानखोला गाउँपालिकाकी एक जना २६ बर्षिय महिला र बडिगाड गाउँपालिकाका एक जना २७ बर्षिय पुरुषलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका प्रहरी काठमाडौंमा तालिम सम्पन्न गरि केहि दिन अगाडी बागलुङ आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । डिएसपि रेग्मीले संक्रमित पुरुष बागलुङ आइ प्रहरीकै क्वारेन्टाइनमा बसेको बताउनुभयो । उहाँले संक्रमितलाई धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै तमानखोलाकी २६ बर्षिय महिला भदौ १४ गते संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी र व्यवसायी महिलाको कन्ट्याक टे«सिङमा परेकी हुन् । संक्रमितको कन्ट्याक टे«सिङमा परेपछि गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताउनुभयो । यस्तै बडिगाड गाउँपालिकाका संक्रमित भारतदेखि आइ क्वारेन्टाइनमा बसेको प्रमुख गुरौले जानकारी दिनुभयो । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख गुरौले बताउनुभयो ।










