ढोरपाटनका बाढी पीडितलाई ताराखोला गाउँपालिकाद्वारा राहत प्रदान

बागलुङ, १८ भदौ ।
ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर नेतृत्वको एक टोली राहात सामाग्री लिएर बोबाङ गएको छ ।

गाउँपालिकाको तर्फबाट २ लाख ३० हजार रुपैयाँ बराबारको खाद्य, लत्ताकपडा तथा स्वास्थ्य सामाग्री लिएर बोबाङ गएको घर्ति मगरले बताउनुभयो ।

बोबाङका बाढी पीडितलाई तत्काललाई राहात पुर्याउने गरि ४० थान त्रिपाल, ५० थान खास्टो, खाद्यसामाग्री, २५ थान प्रथामिक उपचारको लागि स्वास्थ्य सामाग्री लिएर गएको घर्ति मगरले बताउनु भयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here