मौषम खराबीका कारण गृहमन्त्री सवार हेलिकोप्टर पोखरा विमानस्थलमा अवतरण

बागलुङ, १८ भदौ ।
बागलुङलाई उडेको गृहमन्त्री सवार हेलिकोप्टर पोखरामा अवतरण गरेको छ । मौसम खराब भएपछि गृहमन्त्री रामबहादुर थापासहितको टोली सवार हेलिकोप्टर साढे १२ बजे विमानस्थलमा अवतरण गरेको हो ।

बागलुङ जान सम्भव नभएपछि अहिले गृहमन्त्री काठमाडाै‌ं फर्कन लागेका छन् ।

उक्त हेलिकोप्टर बाग्लुङ प्रवेश गरे पनि बाढी प्रभावित क्षेत्र पुग्न नसकेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । `मौसम खुल्ने पर्खाइमा हुनुहुन्छ । हेलिकोप्टर जिल्ला प्रवेश गरे पनि ढोरपाटन पुग्न सकेन,´ उनले भने ।

बागलुङमा बुधबार रातिको बाढीले अहिलेसम्म ११ जनाको ज्यान गएको छ । ढोरपाटन नगरपालिकास्थित भुजीखोला वस्तीमा पस्दा हराएका ३६ जना अझै सम्पर्कविहीन रहेको बागलुङका सहायक सिडिओ धिरजराज पन्तले जानकारी दिए। ढोरपाटन ६, ७, ८ र ९ नम्बर वडाका वस्ती बाढीले बगाएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here