राहत सामाग्री ल्याएर गृहमन्त्री थापा र सांसद पौडेल सहितको टोली बोबाङ आउँदै

बागलुङ, १८ भदौ ।
ढोरपाटन नगरपालिकाको भुजिखोलामा गएराति आएको बाढी र पहिरोले पु¥याएको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा र संघिय सांसद देवेन्द्र पोडेल सहितको टोली बोबाङ आउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाका प्रेस सँयोजक किरण भट्टराइका अनुसार काठमाडौबाट हेलिकप्टरमार्फत राहत सहित गृहमन्त्री बाढी पहिरो प्रभावित क्षेत्रमा उड्ने तयारीमा रहेको बताउनुभयो ।

उक्त टोलीमा नेपाली सेनाको थप उद्धार टोली समेत बोबाङ आउने भएको छ ।

घटनाको अनुगमनपछि गृहमन्त्रीले राहत तथा उद्धारका लागि आवश्यक समन्वय र निर्देशन दिने गृहमन्त्रालयले जनाएको छ । घटनास्थलमा बिस्तृत विवरण बुझिसकेपछि आवश्यक उद्धार तथा राहतको काम अघि बढाइने सांसद पौडेलले जानकारी दिए ।

सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पौडेलले राती बाढि र पहिरोले पु¥याएको क्षतिको जानकारी पाएलगत्तैदेखि निरन्तर स्थानीय प्रशासन, सुरक्षाकर्मीलाई उद्धार तथा राहतका लागी सक्रिय बन्न काठमाडौंबाटै समन्वय गरिरहेका छन ।

बोबाङमा हालसम्म बाढीबाट मृत्यु हुनेको संख्या ९ पुगेको छभने ३० जना भन्दा बढी बेपत्ता भएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ का ३० ओटा घर बगाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here