बोबाङमा बाढिले २५ घर बगायो, १७ जना बेपत्ता

तस्विरः दोर्ण कुँवर

बागलुङ, १८ भदौ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङमा बुधबार राती १२ अविरल वर्षाका कारण भिषण पहिरो जाँदा २५ घर बगाएको छभने १५ जना बेपत्ता भएका छन् ।

ढोरपाटन नगरपालिका—९ को भूँजीखोलामा मा बुधबार राती १२ बजे आएको बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना र भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानिय जीवन पुनले जानकारी दिनुभयो । उहाँले बाढीले लाकुरीबोटमा ११ घर, दुनेपधेरामा ५ भर, घट्टबोटमा ८ घर र भुसुन्डेमा १ घर बगाएको बताउनुभयो ।

तस्विरः दोर्ण कुँवर

यस्तै बाढीले सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको स्थानिय पुनले जानाकारी दिनुभयो । एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गलकोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् ।

भूजिखोलामा पहिरोले थुनिदा खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार, खर्वाङसम्म नदी तटमा रहेका बस्तिमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ ।

तस्विरः दोर्ण कुँवर

बाढीले ठूलो क्षति पु¥याएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली राती २ बजे नै घटनास्थल तर्फ हिडेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले बाढीको कारण सडक नभएकोले हिडेर जाँदा समय लागिरहेको बताउनुभयो ।

यस्तै उद्दारको लागि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बागलुङ बजारबाट घटनास्थल तर्फ हिडिसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । उद्धारको टोली पुगेपछि क्षतिको विवरण आउने सूचना अधिकारी पन्तले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here