
बागलुङ, १७ भदौ ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिका–७ की २१ बर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
संक्रमित महिलालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. शर्माले बताउनुभयो ।











