काठमाडौं, १५ जेठ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बिहिबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुद क्षेत्रलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

सरकारले यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको छ । खेलकुदमा अघिल्लो वर्षको भन्दा १ अर्ब ६३ करोड बजेट घटेको हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here