अब सवै वडामा मधुमेह र रक्तचापको परीक्षण

काठमाडौं, २ जेठ ।
सरकारले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रमको प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय वडामै मधुमेह र रक्तचाप परीक्षण गरिने बताइन् । उनले भनिन्, “दम, कलेजो, पाठेघरको क्यान्सर, मधुमेहको परीक्षणको कार्यक्रम प्रभावकारी बनाइनेछ ।”

यस्तै सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पु-याउने भएको छ ।

यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा पुर्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हाल यो कार्यक्रमका लाग प्रति ५ जनाको परिवारका लागि ३५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here