आज २०७७ साल वैशाख १७ गते बुधवार,
तदअनुसार अप्रिल २९, २०२०
आजको महावाणी
– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाइको आज
मेष
साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

वृष
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

मिथुन
रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघी बढ्नेछ र उपकारमा मन जानेछ ।

कर्कट
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य विग्रने भएछ, सचेत रहनुहोला ।

सिंह
आज घरपरिवार संग रमाईलो तरिकाले समय बित्नेछ । मेहनतीहरूकालागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कन्या
आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

तुला
आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

वृश्चिक
आज सन्तानपक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

धनु
आज मनपर्ने खानाको परिकार खान पाईनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर
आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

कुम्भ
आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन
आज मानशीक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध र मनमुटाव बढ्न सक्छ ।

hamropatro.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here