
काठमाडाैं, १५ बैशाख ।
करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ७५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८५८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या २९ लाख ९४ हजार ७३१ पुगेको छ । कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो ।










