
एजेन्सी, १३ वैशाख
अमेरिकाको न्युयोर्कमा कोरोना भाइरस (कोभिड–१९) का कारण एक पाँच महिने बालिकाको मृत्यु भएको छ ।
न्यूर्योक सिटीका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरी जे–नातालीको को कोभिड–१९ का कारण मृृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
उनले एक महिनासम्म अस्पतालमा कोरोनाविरुद्ध संघर्ष गरेपनि अन्ततः पराजित भइन् । उनलाई गत २१ मार्चमा ज्वरो आएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो । उनको मुटुमा पहिलेदेखि नै समस्या थियो ।
एक महिना अस्पतालमा रहँदा जे–नातालीको स्वास्थ्यमा सुरुमा केही सुधार भएपनि त्यसपछि बिग्रिएको उनकी हजुरआमा वान्डा ला सान्ताले बताएकी छन् ।
जे–नाताली अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । यसअघि एक वर्षीया बालिकोको कोरोनाका कारण मृत्यु भएको थियो ।










