
एजेन्सी, १० बैशाख
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६१९ पुगेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयलको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोभिड–१९ बाट एक लाख ७७ हजार ६१९ जनाको मृत्यु भएको हो ।
यस्तै विश्वभर संक्रमितको संख्या २५ लाख ५६ हजार ७६१ भन्दा बढी पुगेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको छ । यस्तै संक्रमितको संख्या अमेरिकामा ८ लाख १८ हजार ७४४ पुगेको छ ।
इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ भने २ लाख ४ हजार १७८ जनामा संक्रमण देखिएको छ । फ्रान्समा २० हजार ८२९ जनाको मृत्यु भएको छ । एक लाख ५८ हजार भन्दा बढी संक्रमित भएका छन् ।
यस्तै बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको भने संक्रमितको संख्या एक लाख २९ हजार पुगेको छ ।










