कोरोना भाइरस अपडेटः भारतमा संक्रमितको संख्या १२ हजार नाघ्यो

काठमाडौं, ४ बैशाख ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ८८३ जना थपिएसँगै भारतमा संक्रमितको संख्या १२ सय नाघेको हो ।
वर्ल्डओमीटरका अनुसार बुधबार भारतमा २९ संक्रमितको ज्यान गएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।
हालसम्म भारतमा १५ सयको निको हुँदा १० हजार ४ सय संक्रमितको उपचार जारी छ । भारतमा २ लाख ४४ हजार बढीमा कोरोना परीक्षण गर्दा बिहीबार बिहानसम्म १२ हजार ३७० जनामा पुष्टि भइसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here