कोभिड १९ अपडेट : मृत्यु हुनेको संख्या ८८ हजार ४ सय नाघ्यो

एजेन्सी, २७ चैत ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ । तीन लाख २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमणका कारण ८८ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख २७ हजार नाघेको छ । युरोपमा पनि उस्तै अवस्था छ । इटलीमा १७ हजार ६ सय, स्पेनमा १४ हजार ८ सय र फ्रान्समा १० हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरी बेलायतमा ७ हजार १ सय, जर्मनीमा २ हजार १ सय, नेदरल्याण्डमा दुई हजार २ सय र बेल्जियममा दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट करिव ४ को मृत्यु भएको छ ।
त्यसैगरी दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ५ हजार ९ सय नाघेको छ भने एक सय ७८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ४ हजार २ सय ६३ जना संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here